भुवनले दिए साम्राज्ञी विरुद्ध अदालतमा उजुरी

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले उजुरी दिएका छन् ।
जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् ।
केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीलाई इंगित गर्दै ‘ड्रिम्स’ फिल्म शूटिङका क्रममा आफू ‘घिनलाग्दो दुर्व्यवहार’ को शिकार भएको बताएकी थिइन् ।
साम्राज्ञीले आरोप लगाए पनि भुवनले भने बारम्बार आफूले दुर्व्यवहार नगरेको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्