टेक्ससमा सामुद्रिक आँधीः घरका छाना उडायो, खतरा हुने चेतावनी

काठमाडौं – अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा हाना नाम दिइएको एउटा समुद्री आँधी आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन् ।
शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो । जसले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरमा प्रभाव जमाइरहेको छ ।
यो आन्ध्र महासागरमा तुफान आउने याममा विकसित पहिलो समुद्री आँधी हो । प्रतिघण्टा १ सय ४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरहरूका छाना उडाएको छ ।
कोभिड १९ को सबैभन्दा उच्च चुनौती झेलिरहेको भागमा त्यसको प्रभाव बढिरहँदा यो चुनौती झन् जटिल बनेको छ ।

प्रतिकृया दिनुहोस्