June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

उद्धार उडान जुलाई ३१ देखि फेरि सुरु हुँदै

उद्धार उडान जुलाई ३१ देखि फेरि सुरु हुँदै
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ – केही दिनदेखि रोकिएको उद्धार उडान शुक्रबार जुलाई ३१ देखि फेरि सुरु हुँदैछ ।

जुलाई ३१ देखि अगष्ट ८ सम्म उद्धार उडान तालिका तय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । प्रतिकुल मौसमको कारण विदेशबाट उद्धार गरेर ल्याइएकालाई सम्बन्धित पालिका वा जिल्लामा पुर्याउन समस्या भएपछि केही दिनयता उद्धार उडानहरु भएका छैनन् ।

तर विशेष अवस्थामा भने उडान अनुमति दिइएको मन्त्रालयले जनाएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा भिसा, करार सकिएकादेखि रोजगारी गुमाउँदा समस्यामा परेका श्रमिकको प्राथमिकताको आधारमा सरकारले गएको जेठ ३२ गतेदेखि चार्टर्ड जहाजमार्फत उद्धार गरिरहेको छ ।

अहिले चार्टर्ड जहाजमार्फत स्वदेश फिर्तीको प्रक्रिया हुँदा समस्यामा पर्नेहरूले टिकट नपाएको गुनासो पनि गरिरहेका छन् ।