January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

काठमाण्डौँमा सुन भेटिएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाण्डौँमा सुन भेटिएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंको कमलादीस्थित नविल बैंक अगाडि सुन, चाँदी र हतियारसहितको झोला फ्याँकेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।

अपराध अनुसन्धान महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको संयोजकत्वमा गठित छानबिन समितिमा एसएसपी किरण बज्रचार्य, प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर, डीएसपीहरू दुर्गा दाहाल र राजकुमार केसी सदस्य छन्।

समितिलाई जतिसक्दो चाँडो घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मा दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुनीलकुमार यादवले बताए।

हिजो, १३ साउन बिहान काठमाडौंको कृष्ण पाउरोटी चोक नजिक चेकिङमा रहेको प्रहरीले रोक्न खोज्दा बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी हुँइकिएको थियो।