आसाम र विहारका बाढी पीडितलाई आर्थिक सहयोग गर्दै विराट र अनुष्का

बलिउड कलाकार अनुष्का शर्मा र क्रिकेटर विराट कोहली। उनीहरूले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै प्रधानमन्त्री राहत कोष र महाराष्ट्रको मुख्य मन्त्रीको कोषमा आर्थिक सहयोग गरेका थिए।
हालै उनीहरट्ठले आसाम र विहारका बाढी पीडितलाई पनि सहयोग घोषणा गरेका छन्। इन्स्टाग्राममा एक सन्देश प्रवाहसहित सहयोग गर्ने बताएका हुन्। लेखेका छन्,’देश कोरोना भाइरस महामारीको चपेटमामा छ। सँगै आसाम र विहारका मानिसहरू बाढीसँग जुँध्न बाध्य छन्। उनीहरूको दैनिकी मात्र होइन पूरा जीवन प्रभावित छ।’ उनीहरूले ती प्रभावितका लागि कामनासहित सहयोग गर्ने बताएका हुन्।
‘विरुष्का’ले एक्सन एड इन्डिया, र्यापिड रेस्पोन्स र गूनी नामक तीन संस्थाहरूमार्फत पीडितसम्म राहत पुर्याउने जनाएका छन्।

प्रतिकृया दिनुहोस्