May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

पाँच वटा विषयमा देउवालाई बुझायो पौडेल पक्षले लिखित असहमति

पाँच वटा विषयमा देउवालाई बुझायो पौडेल पक्षले लिखित असहमति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — नेपाली कांग्रेस असन्तुष्ट पक्षले पार्टी विभागमा भइरहेका मनोनयनलगायतका असहमतिका ५ वटा विषयमा सभापति शेरबहादुर देउवालाई भेटरै लिखित ध्यानाकर्षण गराएको छ । उक्त ध्यानाकर्षणलाई सभापति शेरबहादुर देउवाले वास्ता नगरेपछि असन्तुष्ट पक्षले आज ३ बजे पत्रकार सम्मेलन धारणा सार्वजनिक गर्ने भएको छ ।

असहमतिपत्रमा महाधिवेशन प्रभावित हुनेगरी भइरहेकाे विभागीय सदस्यहरुकाे मनोनयन रोक्नुपर्ने माग गरिएको छ। केन्द्रीय मूख्यालय सानेपामा भेटेरै असन्तुष्ट पक्षले बिहीबार असहमति बुझाएका हुन्। यस्तै एकीकरण प्रक्रियाबाट आएकाहरुलाई दिइने पदबारे पार्टीभित्र छलफल हुनुपर्ने माग समेत गरिएको छ।

सभापति देउवाले आफ्नो ध्यानाकर्षण भएको र छलफलबाटै निर्णय लिने बताएका थिए। सभापति देउवालाई बुझाइएको असन्तुष्टिपत्र पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी असन्तुष्ट पक्षले गरेको छ। त्यसका लागि अहिले ३ बजे पार्टी कार्यालयमै पत्रकार सम्मेलन राखिएको केन्द्रीय सदस्य प्रदीप पाैडेलले बताए।

कांग्रेसले बन्दाबन्दी बीच महाधिवेशन तयारी अगाडि बढाएको छ। कांग्रेसले आगामी ७–१० फागुनमा १४औं महाधिवेशन गर्दैछ। त्यसअगाडि १६ कात्तिकमा गाउँ/नगर वडा, १८ कात्तिकमा गाउँ/नगर, २१ कात्तिकमा प्रदेशसभा, २३ कात्तिकमा प्रतिनिधिसभा (एक मात्र संख्या भएकोमा जिल्ला), २५ कात्तिकमा जिल्ला, २९ मंसीरमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका कांग्रेसले पारित गरेको छ।

कांग्रेसको १३औं महाधिवेशनमा २०–२३ फागुन २०७२ मा काठमाडौंमै भएको थियो। तर, चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष पछाडि धकेलिएको छ।