थप २८ जनामा कोरोना पुष्टि संगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुग्यो

थप २८ जनामा कोरोना पुष्टि संगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुग्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गरी परीक्षण गर्दा थप २८ जनामा काेराेना संक्रमण देखिएको हो ।

याेसँगै प्रहरी प्रधान कार्यालयका कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन् ।

उनीहरू कसरी काेराेना सर्याे भनेर अहिलेसम्म नखुलेकाे प्रवक्ता कडायतले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘उहाँहरूमा कसरी सर्‍यो भन्ने खुलेको छैन ।  बाहिर जादाँ कतैबाट सरेको होला तर कहाँबाट भन्न सकिने अवस्था छैन ।’

संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको उहाँले जानकारी दिनुभयाे ।  हालसम्म देशभर २५० जना प्रहरी अधिकृतमा काेराेना संक्रमण देखिएकाे छ ।