नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुँदै

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुँदै
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – आज पुनः छलफल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ।  प्रधानमन्त्री निवास बालुवाटारमा हिजो झण्डै ३ घण्टासम्म भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दुई अध्यक्ष आज बिहान ९ बजे पुनः छलफलमा जुट्न लागेका हुन्।

हिजोको बैठकमा दुबै जनाले एक अर्काका यसअघिका अभिव्यक्तिहरु प्रति आपत्ति जनाउनेदेखि प्रचण्डको नेतृत्वमा साउन १३ गते बसेको स्थायी कमिटी बैठकको आधिकारितासम्मका विषयमा कुरा उठाएका थिए। छलफलमा प्रचण्डले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु आग्रह गरेका थिए भने ओलीले राजीनामा नदिने अडान दोहोर्या‍एका छन्। 

वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्बाङ पनि सहभागी भएको बैठकमा पार्टीको एकता महाधिवेशनको मिति तोक्ने, पार्टीमा लामो समयदेखि जारी विवाद अन्त्य गर्नेलगायतका विषय उठे पनि ठोस निस्कर्ष निस्किन सकेन। 

जारी विवाद अन्त्यको प्रयासका लागि आज पनि बालुवाटारमा छलफल गर्ने तय भएको प्रचण्डको सचिवालयले जनाएको छ।