७ जनाको शव भेटियो, एक जना अझै वेपत्ता
साउन १९, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये सात जनाको शव फेला परेको छ । पहिरोमा परेका अर्का एक जनाको भने खोजी भइरहेको छ ।

शव फेला पेरकाहरूमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । ज्यान गुमाउनेहरू सबै पुरूषहरू रहेका छन् । उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । उनीहरू वीरगन्ज र भारतका भएकाे बताइएकाे छ ।
उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो । प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो ।

प्रतिकृया दिनुहोस्