नेकपा विवादः ओलीमाथि एउटा पद छाड्न चर्को दबाब

नेकपा विवादः ओलीमाथि एउटा पद छाड्न चर्को दबाब
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ– पार्टीभित्रका सबैजसो कमिटीमा अल्पमतमा परेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एउटा पद छाड्न चर्को दबाब परेको छ ।

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गत फागुन १४ गते पार्टी सचिवालय बैठकले गरेको निर्णय इन्कार गर्दै अघि बढेपछि त्यसयता द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपालको गठबन्धन समूह ओलीविरूद्ध सतहमै प्रकट हुँदै आएको छ ।नेकपाका नेताहरूबीच चर्केको शक्ति संघर्षले बाढी–पहिरो, डुबान, कोरोना महामारी तथा सलहको त्रासजस्ता विपत्तिको मारमा परेका जनताको मर्का गौँण बनेका छन् ।

दुई तिहाईनजिकको बहुमत हुँदा पनि नेकपाको सरकार जनतामा अलोकप्रिय भएको र सरकारकै कारण पार्टीको छविमा समेत असर परेको निष्कर्षसहित ओलीले कम्तिमा एउटा पदबाट राजीनामा दिनु पर्नेमा स्थायी कमिटी सदस्यहरूको बहुमत छ ।

ओलीले महाधिवेशन र अर्को चुनावअघि त्यो आफू दुवै पदमा रहने र राजीनामाका सम्भावना नरहेको अडान लिएपछि नेकपाभित्र शक्ति र पदको संघर्ष चरमोत्कर्षमा छ । नेकपाका नेताहरूबीच चर्केको शक्ति संघर्षले बाढी–पहिरो, डुबान, कोरोना महामारी तथा सलहको त्रासजस्ता विपत्तिको मारमा परेका जनताको मर्का गौँण बनेका छन् ।

विधि–विधान र पद्धतिको विषयलाई लिएर अर्को पक्षले लगाइरहेको आरोपको खण्डन गर्दै ओली पक्षीय नेताहरूले सरकार गिराउन र पार्टी विभाजन गर्न खोजेको दोषारोपण गर्ने गरेका छन् ।