पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – काठमाण्डौँमा कोरोनाको कारण थप एकको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित  वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो ।

पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २५ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

सिरहा निवासी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए ।