अस्पताल चर्हादा चहार्दै गर्भवतीको मृत्यु

अस्पताल चर्हादा चहार्दै गर्भवतीको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ\ मोरङ कानेपोखरीकी एक गर्भवतीले समयमा स्वास्थ्य उपचारको सेवा नपाउँदा मृत्यु भएको । कोरोना भाइरसको त्रासले गर्दा विराटनगरका ठूलो अस्पतालले उपचार गर्न नमानेपछि महिलाको ज्यान गएको हो ।

सात महिनाको गर्भवती महिला कानेपोखरी–५ की २३ वर्षीया सविना थापा (दर्जी) मंगलबार राति १० बजेतिर शौचालय जाँदा लडेर घाइते भएकी थिइन् । राति सामान्य अवस्थामा रहेकी सविना लडेको २४ घण्टापछि (बुधबार)स्वास्थ्यमा समस्या आएपछि राति नै उपचारका लागि विराटनगर ल्याइएको परिवारले बताएका छन् ।

सविनाको पाँच वर्षअघि भरत दर्जीसँग अन्तरजातीय प्रेम विवाह भएको र उनीहरूको पहिलो सन्तान चार वर्षकी छोरी छन् ।

‘सविनालाई समस्या भएपछि उपचारका लागि बुधबार राति नै विराटनगर ल्याएका थियौं,’ सविनाकी दिदी (आमाजू) दुर्गा सन्दासले भनिन्, ‘यहाँको ठूला भनिएका ६ वटा अस्पताल रातभरि घुम्यौं । तर, कसैले पनि उपचार गर्न मानेनन् । गेटबाट फर्काइ दिए ।’ विराटनगरको सरकारीदेखि निजी ठूला अस्पतालले उपचार गर्न नमानेपछि धरानस्थित बिपी कोइराल अस्पताल लग्यौं सुन्दासले भनिन, ‘विराटनगर पु¥याउन साथ सविनाले उपचार पाएकी भए बाच्ने थिइन् । धरान आइपुग्दा ढिला भयो र ज्यान गयो ।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार प्रशासन कार्यालयमा विराटनगरका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई बोलाएर छलफल गरेको बताए ।

विराटनगरको कोसी, नोबेल, विराट शिक्षण अस्पताल, विराट नर्सिङ होम (विराटनगर), ग्रीनक्रस, सुरक्षालगायतका अस्पतालले उपचार गर्न नमानेपछि बिहीबार बिहान २ः३० बजे एम्बुलेन्समा धरान बिपी प्रतिष्ठानले लगिएको थियो ।