दुई बालिकामाथि यौन दुर्ब्यबहारको आरोपमा पुजारी पक्राउ

दुई बालिकामाथि यौन दुर्ब्यबहारको आरोपमा पुजारी पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । दुई बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा उदयपुरको एक मन्दिरका पुजारी पक्राउ परेका छन् । स्थानीय १० वर्षीया र ८ वर्षीया दुई बालिकालाई मन्दिरभित्रको कोठामा लगी यौन दुव्र्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका ६ मोहनपुरस्थित शिव मन्दिरका पुजारी रामविलाश खत्वे मण्डल पक्राउ परेका हुन् ।

            ६६ वर्षीय पुजारी मण्डलले गत १२ गतेका दिन मन्दिर आएका बालिकाहरुलाई पैसा र अन्य प्रलोभन देखाई सोही मनिदरमा रहेको आफु बस्ने कोठामा लगी यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अभिभावकको उजुरीका आधारमा पुजारी मण्डललाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएंको छ ।

            मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुन्धान सुरु भएको छ । उनीमाथि बलात्कार सम्बन्धी ऐन अनुसार कारबाही गर्ने गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन् ।