हिमालय एयरलाइन्सको उडान शुल्क सार्बजनिक

हिमालय एयरलाइन्सको उडान शुल्क सार्बजनिक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । निजी क्षेत्रको स्वदेशी विमान कम्पनी हिमालय एयरलाइन्सले विहिबारदेखि सुरु गरेको उडानको नियमिततर्फको भाडादर सार्वजनिक गरेको छ। कम्पनीले पिसिआर परीक्षण सहज भएका र नभएका मुलुकबाट हुने चार्टर्ड र नियमित उडानको भाडा सार्वजनिक गरेको हो।

हिमालयले आफ्ना उडान हुने सेक्टरको टिकट शुल्क ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम (जीडीएस) बाट बुक गर्न सकिने जनाउँदै विभिन्न सेक्टरको भाडासमेत सार्वजनिक गरेको जनाएको छ।  

चार्टर्डतर्फ नौ सेक्टरको उडान अनुमती पाएको हिमालयले दमाम–काठमाडौंको भाडा चार सय ६५ डलर तोकेको छ। त्यस्तै, रियादको चारसय ६५, ढाकाको एक सय ६५, दोहाको तीन सय ९२, मालेको चार सय ८०, सिंगापुरको पाँचसय २०, पाकिस्तानको तीन सय ५० डलर तय गरेको छ।

त्यस्तै, नियमित उडानकालागि उपलब्ध सीटहरु कम्पनीले नेपालबाट हुने उडानतर्फ काठमाडौ–अबुधाबीको भाडा वाई क्लासको चार सय ७४ तोकेको छ भने एम क्लासको चार सय २४,के क्लासको तीन सय ८४, एल क्लासको तीन सय ५४, जी क्लासको तीन सय २४ र भी क्लासको दुई सय ९९ डलर तोको छ। त्यस्तै अबुधाबीबाट काठमाडौंको भाडा वाई क्लासको ६ सय ३०, एम क्लासको पाँच सय ७०, के क्लासको पाँच सय १५, एल क्लासको दुई सय ६५, जी क्लासको चार सय २५ र भी क्लासको तीन सय ८५ डलर तय गरेको छ। कम्पनीले काठमाडौं–क्वालालम्पुरको हवाई टिकटको भाडा वाई क्लासको तीन सय ६३, एम क्लासको तीन सय ३२, के क्लासको तीन सय दुई, एल क्लासको दुई सय ८१, जी क्लासको दुई सय ६१ र भी क्लासको दुई सय ३२ डलर तोकेको छ भने क्वालालम्पुर–काठमाडौंको भाडा वाई क्लासको पाँच सय ९२, एम क्लासको पाँच सय ३२, के क्लासको चार सय ८२, एल क्लासको चार सय ३४, जी क्लासको तीन सय ९२ र भी क्लासको तीन सय ७२ डलर तय गरेको जनाएको छ। नागरिक दैनिकबाट