May 26, 2022, Thursday
२०७९ जेष्ठ १२, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

बार्सिलोनामै रहने मेस्सीके घोषणा

बार्सिलोनामै रहने मेस्सीके घोषणा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी ।  क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्तत: आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने घोषणा गरेका छन् ।

प्रतिष्ठित संचारमाध्यम गोलसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेस्सीले आफू परिवारको आग्रहको कारण नै निर्णय बदल्न बाध्य भएको बताएका छन् । उनले कानुनी उपचारमा जाने विकल्प रहेपनि आफू हुर्किएको क्लबविरुद्ध अदालतको ढोकामा नपुग्ने प्रष्ट पारेका छन् ।

 ‘जब मैले बार्सिलोना छोड्ने विषयमा पत्नी र छोरालाई भने, मैले सोच्दै नसोचेको अवस्था सिर्जना भयो । सबैजना रुन थाले र बार्सिलोना नछाड्ने जिद्दी कसे । उनीहरु सहर मात्र होइन आफ्नो स्कुल पनि परिवर्तन गर्ने पक्षमा थिएनन् ।

मैले भने अहिलेको अवस्था भन्दापनि दिर्घकालिन सोचका साथ यो निर्णय लिन खोजेको थिएँ । म अझै केहि वर्ष उच्च स्तरमा खेलेर उपाधि जित्न चाहन्छु । विशेषगरि च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छु । खेलमा हार वा जित त हुन्छ नै, तर प्रतिस्पर्धा गर्नु उत्तिकै जुरुरी छ ।

मैले सोचेको थिएँ की मेरो सम्झौता अनुसार म फ्री ट्रान्सफरमा छोड्न पाउने छु । क्लबका अध्यक्षले पनि सधैं आफ्नो निर्णय सिजनको अन्त्यमा लिने समय छ र बस्न चाहने नचाहने त्यसैबेला निर्णय गर्ने सुझाव दिएका थिए ।

अहिले आएर क्लबले मैले आफ्नो निर्णय जुन १० अगाडि दिएको थिइनँ भन्ने अडान लिएको छ । मैले जुन १० मा लिगमा प्रतिस्पर्धा गरिरहेको बेलामा कसरी निर्णय लिन सक्थें र ? कोरोनाभाइरसका कारण सिजन यसै पछि सरेको थियो ।

म अब यो सिजन क्लबमा नै रहनेछु । मैले क्लबमा बस्नुको एकमात्र कारण भनेको अध्यक्षले मलाई ७ सय मिलियन युरोको रिलिज क्लज नतिरी जान नदिने अडानका कारण हो । कुनै पनि क्लबले ७ सय मिलियन युरो तिर्न असम्भव छ ।

मैले चाहेको भए मुद्दा लड्ने विकल्प पनि थियो । तर म कहिले पनि बार्सिलोनालाई अदालतसम्म लिएर जान सक्दिन । यो क्लबको मलाई माया लाग्छ र यहाँ मैले जीवनमा सबैथोक पाएको छु । यो क्लब मेरो जिन्दगी हो र मैले मेरो जीवन यहीं बनाएको छु ।

म बार्सिलोनालाई माया गर्छु । मैले यहाँभन्दा राम्रो ठाउँ कतै पनि पाउँदिन । यसका बाबजुद मसँग निर्णय लिने अधिकार भने छ । म केहि नयाँ चुनौती र अवसरको खोजीमा थिएँ । म जहिले पनि बार्सिलोना फर्कन सक्थें, किनभने मैले यहाँ सबथोक पाएको छु ।