सुशान्त मृत्यु प्रकरणमा प्रेमिका रियाका भाइ पक्राउ

सुशान्त मृत्यु प्रकरणमा प्रेमिका रियाका भाइ पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतका अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा त्यहाँको प्रहरीले पहिलोपटक आरोपित व्यक्ति पक्राउ गरेको छ ।  

बिबिसी हिन्दीको खबरअनुसार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को टोलीले घटना अनुसन्धानका क्रममा सुशान्तकै प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक श्यामुअल मिरान्डालाई गिरफ्तार गरेको हो।

सुशान्तको मृत्युबारे सीबीआईले अनुसन्धान गरिरहेको भए पनि अहिलेको यो गिरफ्तारी लागुऔषध कारोबार सम्बन्धमा एनसिबीले गरेको हो ।