गाउँपालिका भवनमा गुणस्तहीन निर्माण समाग्री प्रयोग

गाउँपालिका भवनमा गुणस्तहीन निर्माण समाग्री प्रयोग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निजगद, बारा । कमसल निर्माण समग्रीको प्रयोग भएकाले देवताल गाउँपालिका ४ मा निर्माण भैरहेको गाउँपालिका कार्यालयको  भवनको छत ढलान भएको केहिमहिनामै भत्किएको छ । दुई महिना अघि मात्रै ढलान गरिएको छतको गिटी र बालुवा खस्केको छ । २०७६ जेठ मसान्त भित्रमा कार्यालय भवन निर्माण गर्नको लागि २०७५ माघ ६ गते नवल किशोर पण्डित अध्यक्ष रहेको उपभोक्ता समितिले ९७ लाख रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौता गरिएको भन्दा एक बर्ष ढिलो गरेर  ढलान गरिएको कार्यालयको भवनमा गुणस्तरहिन निर्माण समाग्री प्रयोग भएको स्थानीय सुरेश साहले बताए । तलबाट छत हेर्दा कतै ढलानमा प्रयोग डण्डी देखियो भने कतै कम सिमेन्ट प्रयोग गरेर ढलान गरिएको भाग देखिएको साहले बताए । 

कार्यालय भवन निर्माण गर्नको लागि  गाउँपालिका अध्यक्ष चन्दन सिंह, योजना शाखा प्रमुख अभिनन्दन साह र सब ईन्जिनियर औलिक महम्द लगायतले नवलकिशोर पण्डितको अध्यक्षतामा उपभोक्ता समिति बनाएर कमिसनमा ठेकेदारलाई बेचेको आरोप साहले लगाए ।

देवताल गाउँपालिका प्रमुख चन्दन सिंहले भवनको निर्माण कार्यमा गुणस्तरहिन निर्माण समाग्री प्रयोग गरिएको र छलको ढलान भत्केको जानकारी आएपछि त्यसको बारेमा बुझन प्राबिधिकलाई खटाएको बताए । गाउँपालिका कार्यालयको भवनमा गुणस्तरहिन निर्माण समाग्री प्रयोग नगरेको तर्क समेत अध्यक्ष सिंहले गरे ।