गोरखा सदरमुकाममा निषेधाज्ञा

गोरखा सदरमुकाममा निषेधाज्ञा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । शुक्रवार गोरखानगरपालिकाक्षेत्रमा एकै दिन २० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका क्षेत्रमानिषेधाज्ञा जारी गरिएको छ । गोरखानगरपालिकाकानगरप्रमुख राजनराजपन्तले सुचना जारी गर्दै शनिवार दिउँसो १२ बजेदेखि भदौ २६ गते सम्म अत्यावश्यक बहेकका सबै सेवाबन्दहुने बताए ।

बजार, बित्तिय संस्था, सरकारी कार्यालय, यातायात सबै बन्दहुने र अत्यावश्यक सवारी साधन र खाद्यान्नपसलमात्रै सञ्चालनहुने नगरपालिकाले जनाएको छ । यस अघि भदौ १ देखि १४ सम्म गोरखाजिल्लामानिषेधाज्ञा जारी गरिएको थियो । १५गतेबाट खुलेको निषेधाज्ञापछि एकाएक कोरोना संक्रमित बढ्न थालेपछि स्थानीयतहले संक्रमित भेटिएका ठाउँमा आफु अनुकुलनिषेधाज्ञा लगाउँदै आएका छन् ।

शुक्रवार अजिरकोट गाउँपालिकामा १ र शहिदलखनगाउँपालिकामा १ गरी जिल्लाभर २२ जना संक्रमितथपिएकाथिए ।