काठ बोकेको ट्याक्टरसहित दुई पक्राउ

काठ बोकेको ट्याक्टरसहित दुई पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । अवैध साँखुका काठसहित उदयपुर प्रहरीले दुईजना पक्राउ परेका छन् । जिल्लाभित्रका बिभिन्न प्राकृतिक स्रोत साधनहरुको अवैध चोरी निकासी नियन्त्रण गर्ने प्रहरी अभियानअन्तर्गत बिहीबार राति उदयपुरगढी गाउँपालिका ५ बाट अवैध काठ बोकेर अज्ञातस्थलतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

                जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ना ७ त ६४१२ नं. को ट्याक्टरमा राखेर माथिबाट त्रिपालले छोपेर अज्ञातस्थलतर्फ लाँदै गरेको अवस्थामा भेटेर ट्याक्टर, चालक र अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । काठसहितको ट्याक्टरसँगै प्रहरीले उदयपुरगढी ५ कै ४२ वर्षीय पुष्कर भण्डारी र ट्याक्टर चालक सोही ठाउँका ३० वर्षीय अनिल रोक्कालाई नियन्त्रणमा लिएको छ ।

                पक्राउसँगै ट्याक्टरमा सखुवा जातको काठ ७.८ फिट लम्बाई तथा ४.३ फिट गोलाईका चिरान काठ १२ थान, ७.८ फिट लम्बाई र ४.१ फिट गोलाईका चिरान काठ ५० थान तथा अन्य बिभिन्न साईजका १२ थान पुराना गोलिया बरामद गरिएको छ । काठ तस्करी गरेर लादै गरेको भन्ने सुराकीका आधारमा उदयपुरगढी चौकीबाट खटेको प्रहरी टोली खटाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहाले बताए ।

                पक्राउ व्यक्ति, बरामद काठ र ट्याक्टर आवश्यक अनुसन्धानपछि थप कारबाहीका लागि डिभिजन वन कार्यालय कटारीको जिम्मा लगाइएको एसपी दाहालले बताएका छन्  ।