लागुऔषधसहित चिकित्सक पक्राउ

मोरङ । प्रहरीले एक चिकित्सकलाई लागुऔषधसहित विराटनगरबाट पक्राउ गरेको छ । चिकित्सकलाई विराटनगर–१७ मा रहेको एकीकृत जाँच चौकी (आइसिपी)बाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
धनुषाको जनकपुर–११ घर भई सुनसरीको धरानमा डेरा गरी बस्ने ३३ वर्षीय दन्त रोग विशेषज्ञ डाक्टर सन्दीपकुमार साहलाई भारतबाट लागुऔषध लिएर आउँदै गर्दा आइसिपीबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।साहले भारतबाट लागुऔषध नेपाल भिœयाउने धन्दा चलाइरहेको पाइएको छ ।
आइसिपीको सुरक्षार्थ रहेका सशस्त्र प्रहरीले भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई चेक गर्दा लागुऔषध फेला परेका हुन् । ‘मोटरसाइकलको लेगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलामा लागुऔषध स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डिसी ९ बोतल फेला परेको छ,’ सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेललेभने, ‘उनको साथमा नेपालस्थित भारतीय राजदूतावासले जारी गरेको गत फेब्रुअरीसम्म मात्रै म्याद रहेको परिचयपत्रसमेत भेटिएको छ ।’
नवीकरण नगरिएको परिचयपत्रमा उनको पद कन्टिन्जेन्सी (आवश्यक परेका बेला बोलाउने) डेन्टल अफिस भनेर खुलाइएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेकासाहले आफू धरानस्थित भारतीय राजदूतावासको ‘पेन्सन पेइङ अफिस’को कर्मचारी रहेको बताउने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्