बीपीमा झापाकी कोरोना संक्रमित महिलाको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
झापाको कन्काई नगरपालिका ३ की ३९ बर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । आज बिहान १० बजेर ४५ मिनेटमा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृतकलाई मेची अस्पतालले भदौ १८ गते रिफर गरेको थियो । उनी भदौ १८ गते प्रतिष्ठानमा भर्ना भएको र सोही दिन पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
मृतकलाई ७ दिनदेखि कब्जियत, कमजोरी भएको र विगत २ दिनदेखि ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएको साथै परिक्षण गर्दा निमोनिया पनि देखिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा आइपुग्दा अवस्था गम्भीर भएर भेन्टिलेटरमा राखेर उपचार गरिएको पनि प्रवक्ता डा.सापकोटाले बताए । उनलाई मधुमेहको दीर्घ रोग भएको पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्