जन्मदिनको अवसरमा एसिड पीडित मुस्कानलाई मन्त्री भट्टराईको सहयोग

काठमाडौं । जन्मदिनके अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । २०७६ भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए ।
एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले एकमहिनाके तलब प्रदान गरेका हुन् । सहयोग रकम प्रदान गर्दै नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराइले मुस्कान सहभागी कार्यक्रममा सहयोग गर्ने बचन दिएको थिए । त्यो बचनलाई थोरै भएपनि पुरा गरेको बताए । जन्मदिनमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएका उनले बताए । ०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् । पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका थिए । मुस्कानको डाक्टर पढ्ने इच्छा रहेको छ ।

प्रतिकृया दिनुहोस्