एकलाख बराबरको अवैध सामान बरामद
बर्दिया। बर्दियाको विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एकलाख १३ हजार बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट नेपाल भित्राउँदै गर्दा मोटर पार्टस्, सुर्ति र कपडाजन्य सामान बरामद गरेको हो । भारतबाट चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्थामा सीमाक्षेत्रमा सशस्त्र प्रहरीले उक्त अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएसँगै अवैध सामान बरामद हुने गरेको एसपि एनबी रावतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्