May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । मोरङको  सुनसबर्षी–८ बाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईले बताए । 

भारतबाट को ४ प नम्बरको मोटरसाइकलमा आउँदै गर्दा प्रहरीले शंका लागेर चेक गर्दा सुनवर्षी–४ का १९ वर्षीय सन्जु गनगाईं र पछाडि सवार सुनवर्षी–८ का १८ वर्षीय भीमकुमार मण्डललाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा ल्याउँदै गरेको लागुऔषध स्काफ ६ बोतल, ल्यबोरेट क्याप्सुल १९ पत्तासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।