ठूलो धनराशीको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुने

ठूलो धनराशीको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सनसरी । ठूलो धनराशी पुरस्कार राखेर सुनसरीको बराहक्षेत्रमा टिकटक प्रतियोगिता आयोजना भएको छ । सदाबहार मिडिया प्रा.लि बराहक्षेत्रले प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः  एक लाख ५० हजार, एक लाख र ५० हजार पुरस्कार राखेर टिकटक प्रतियोगिता गर्न लागेको हो ।

                 राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७ नाम दिएर शुरु गरिएको प्रतियोगिताका लागि भदौ १३ गतेबाट आवेदन खुल्ला गरिएको छ । आवेदन भदौ २८ गते सम्म लिने प्रतियोगिताका संयोजक देव भट्टराईले बताए ।

प्रतियोगितामा भ्युजको आधारमा उत्कृष्ट २० जनाको छनोट गरिनेछ । त्यसपश्चात् क्रमशः ५ औँ चरणसम्म एसएमएस र खल्ती एपबाट भोटिङ गरेर  विजेता घोेषणा गरिनेछ । नियम अनुसार प्रतियोगी प्रत्येक नयाँ चरणमा प्रवेश गर्दा नयाँ भिडियो पठाउनु पर्नेछ । प्रतियोगिता भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन एकसय रुपैयाँ मात्र शुल्क लाग्नेछ । उक्त शुल्क अनलाईन माध्यम खल्ती एप्स र ई सेवाबाट मात्र तिर्ने व्यवस्था रहेको छ । प्रतियोगीले नेपाली भाषामा बनाएको भिडियो मात्र समाबेस हुने छ । एकल अभिनय भएको विश्वको जुनसुकै ठाउँमा रहेका नेपालीले टिकटक भिडियो १० सेकेण्डसम्मको बनाएर पठाउन सक्नेछ । सामाजिक विकृति फैलाउने, व्यक्तिगत आक्षेप लगाउने, राष्ट्रियतामाथि आँच आउने र अश्लिल भिडियोलाई समावेश नगराउने बताइएको छ ।