बेपत्ता दुईमध्ये एकको शव फेला
ताप्लेजुङ। माछा मार्ने क्रममा स्थानीय तावा खोलाले बगाएर बेपत्ता सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका २ मध्ये एकजनाको शव आइतवार फेला परेको छ । एकजना अझै बेपत्ता छन् । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिम र सिरिजङ्घा गाउँपालिका–७ खेबाङको सिमाना भई बग्ने तावाखोलाले शनिवार बगाएर २ जनालाई बेपत्ता बनाएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार बेपत्तामध्ये सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका ३२ वर्षीय सूर्यमान लिम्बूको शव आइतवार फेला परेको छ । त्यस्तै सुरुम्खिमकै ३६ वर्षीय सुमन लिम्बू भने बेपत्ता छन् । शनिबार दिउँसो माछा मार्ने क्रममा दुवैजनालाई तावाखोलाले बगाएर बेपत्ता बनाएको थियो ।

प्रतिकृया दिनुहोस्