काठमाडौदेखि बेलायतसम्म, भीसाको रङमा भावेश

काठमाडौ । धनकुटा छाडेर काठमाडौ आएपछि पुस्तक पढ्ने बानी लागेको छ । पढेको विषयलाई लेखिन्छ । यही मेसोमा भावेश भुमरी अर्थात जुद्धबहादुर पुनमगरको नियात्रा ‘भीसाको रङ’ पढ्ने मौका मिल्यो । अनामनगरको फुपुको ग्रीन टि हाउसमा चिया पिउदै गर्दा ईलामका गीतकार एवं रेडियोकर्मी तुलसी बस्नेतले यो पुस्तक उपहार दिए । पढ्नुहोस भन्दै दिएको यो नियात्रा ‘भिसाको रङ’ मैले पढे । यो पुस्तकमा लेखकको अढाई महिनाको बेलायत भ्रमण र उनका अनुभतिलाई समेटिएको छ । पुस्तकमा हरेकदिन कसरी विते भनेर मात्र छैन । बेलायतको यात्रामा पाउने दुख, इमिग्रेसनमा नेपालीलाई गर्ने ब्यबहार, बेलायतमा नेपाली भाषा सँस्कृति र साहित्यप्रतिको मोह र बेलायतको महत्वपुर्ण विषयमा जानकारी समेटिएको छ ।
पैतिस वटा शीर्षकमा अढाई महिनाको यात्रालाई ईतिबृतान्त प्रस्तुत गर्नु आफैमा मुस्किल काम हो । तर लेखक भावेशले ती हरेक दिनका घट्नालाई कथा जस्तै उनेका छन् । बेलायतमा नेपाली साहित्यमा संघर्ष गरिरहेका स्रष्टाल्े दिएको सम्मान र बेलायतमा बस्ने नेपालीहरुले कला, संस्कृति र साहित्यको लागि गरेको कामको जानकारीले राष्ट्र र राष्ट्रियताप्रति एकताको भाव झल्काउछ ।
बेलायतमा बसेर नेपाली संस्कृतिलाई भुलेका छैनन् । बेलायतमा मनाउने मगर संस्कतिको भुमे पर्व होस, या चण्डी, साकेला च्याब्रुङ होस । यी सबै संस्कार र संस्कृतिप्रति बेलायती नेपालीहरु सचेत रहेको देखाउछ । पुस्तकको ४५ औ पेजमा ईखमान पुनले रक्सी पिउनु भन्दा अगाडी गिलासको रक्सीमा पात चोवेर छर्किन्दै कुल र पितृको नाममा चढाएको विषयले नेपाली संस्कृतिको झल्को दिन्छ । यसरी चढाउने मगर र किरात संस्कार हो । त्यस्तै पेज नंं ६१ मा खाम भाषी मगर जातीको भुमे पर्वको विषयलाई समेत लेखकले जोडेका छन् । बेलायतमा बसेपनि नेपालको आफ्नो संस्कृति जोगाउने प्रयास रहेको झल्को दिन्छ । बेलायतमा बसेर खोटाङ, तनहुँ समाजको कार्यक्रम, आफ्नै गीत र कविताको ‘भवेश भुमरी’ एकल प्रस्तुति साँझ, विश्व साहित्य महासंघको गीत लेखन गोष्ठी र दोस्रो विश्व नेपाली साहित्य सम्मेलन लगायतको कार्यक्रमको जानकारी समेत पुस्तकमा छ ।
यसका साथै सन ५०७ मा स्थापित बेलायतको क्यान्टवरी कथिड्रल, मेडस्टोन टाउनपार्क, अक्सफोर्ड संग्रहलय, स्टोनह्यान्ज, रिभर सेभेर्नको ५१२८ मिटर लामो पुल, विश्व प्रसिद्ध साहित्यकार डिकेन्स पढेको स्कुल र बसेको घर, समुन्द्री किनारको रोमान्स, ब्लुम्सबरीको बिट्रीस म्युजियम, डार्विन सेन्टर अर्थात बेलायतको विज्ञान संङग्रहलय, शेक्सपियरको जन्मघर, मेडस्टोन लिड्स क्यासल, डोभर क्यासल, थेम्सरिभरको टावर अफ लण्डन लगायतका ऐतिहासिक महत्वको विषयमा समेत यो पुस्तकमा जानकारी पाईन्छ । यी बाहेक बेलायतको सवारी ब्यबस्थान, सामन्य नियम, रेलस्टेसन, सडकको विषयमा समेत पुस्तकमा जानकारी रहेको छ ।

प्रतिकृया दिनुहोस्