रुपन्देहीमा ४१ जना संक्रमित थपिए
बुटवल । रुपन्देहीमा आज कोरोनाका ४१ जना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार जिल्लाका ६ वटा पालिकामा ४१ जना कोरोना कोरोना भाइरसका संक्रमित थपिएका हुन । जसमा ६ जना महिला र ३५ जना पुरुष छन ।
कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकामा १८ जना संक्रमित थपिएका छन । ओमसतिया गाँउपालिकामा १६ र बुटवल उपमहानगरमा ४ जना संक्रमित थपिएका छन । त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका,सैनामैना नगरपालिका र मायादेवि गाँउपालिकामा १÷१ जना संक्रमित थपिएका हुन ।
यससंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ६२ पुगेको छ । १४ जनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कुल १ हजार ३२९ संक्रमित मध्ये ६ सय ५३ जना कोरोना मुक्त भइसकेका छन । भने ६६२ जना अहिले पनि आइसोलेसन अस्पताल,आइसोलेसन सेन्टर र होम आइसोलेसनमा छन ।

प्रतिकृया दिनुहोस्