कुटपिटवाट गुल्मीमा एक जनाको मृत्यु

कुटपिटवाट गुल्मीमा एक जनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुल्मी । अपरिचित व्यक्तिको कुटाईवाट गुल्मीमा एक जनाको मृत्यु भको छ । जिल्लाको ईस्मा गाउँपालिका २ हस्तिचौर निवासी २३ वर्षका मोती बहादुर कुवँरको कुटपिटवाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि नायव उपरिक्षक केदारराज पन्तले बताए ।

इसर््मा गाउँपालिका १ अन्र्तगत हस्तिचौरको छिन्नाखेलामा होटल व्यवसाय सञ्चालन गर्दै आएका ईस्मा गाउँपालिका २ घर्तिफाँट निवासी कुवँर सोमबार बिहान आफ्नै होटलमा गंभिर घाईते अवस्थामा फेला परेका थिए । आईतबार बेलुकी दाजु यम बहादुर कुँवरले भाइलाई होटलमै छोडेर घर गएको र सोमबार बिहान घरबाट होटलमा आउँदा भाइलाई अचेत र रगताम्य अवस्थामा फेला पारेको बताए ।

अपरिचत व्यक्तिहरुको कुटपीटबाट गंभिर घाईते बनेका कुवँरलाई सोमबार बिहान उपचारका लागि गुल्मी अस्पताल ल्याई पुराईएको थियो । अस्पतालमा ल्याउँदा बाटोमै उनको मृत्यु भईसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीवाट प्रहरी नायव उपरिक्षक केदारराज पन्तको नेतृत्वमा प्रहरी निरिक्षक सहितको टोली घटनास्थल पुगि अनुषन्धान शुरु गरि सकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिएका छन् ।