जीप दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाईते
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा जीप खोलामा खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जीपका चालक र यात्रु गरि दुई जनाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा चालक म्याग्दे गाउँपालिका–७ निवासी ३२ वर्षका होमबहादुर श्रेष्ठ र यात्रु व्यास ५ निवासी ५५ वर्षका राजकुमार श्रेष्ठ छन् । व्यास–५ बाट आफन्तको निधनमा देवघाट गाउँपालिकाको खाल्टेमा भेटी पु¥याउन गएका चापाघाटका स्थानीय सवार ग १ ज ७१२८ नम्बरको जीपमा चालकसहित आठजनामध्ये २ जनाको मृत्यु भएको हो । ऋषिङ–१ को देउली खोलामा खसेको जीपमा परी घाइते राजकुमारको उपचारका क्रममा दमौलीस्थित नेशनल एपोलो अस्पताल र चालक होमबहादुरको उद्धारपछि ज्यान गएकोे दुर्घटनास्थ्ल पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम बहादुर रानाभाटले जानकारी दिए ।
जीपले च्यापेका चालकको उद्धार गरिए पनि मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख रानाभाटले जानकारी दिए । जीपले लामो समय च्यापेकाले निकाल्न समय लाग्दा चालकको ज्यान गएको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले बताए । घाइते ५ जना मध्ये चार जनाको पोखरा र एक जनाको दमौलीमा उपचार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्