भारत-चीनबीच लद्दाखमा ४५ वर्षपछि गोली हानाहान

भारत-चीनबीच लद्दाखमा ४५ वर्षपछि गोली हानाहान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारत-चीन सीमा क्षेत्र पूर्वी लद्दाखमा गएराति दुबैतर्फबाट फायरिङ भएको छ । दुबै देशले युद्धका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । सन् १९७५ पछि पहिलो पटक दुई देशको सीमा क्षेत्रमा फायरिङ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्वी लद्दाखको दक्षिणी पेङ्गोंग इलाकामा गएराति दुबैतर्फबाट फायरिङ भएको थियो । लगातार सीमा क्षेत्रमा तनाब बढेपछि गएराति भारतीय सेनाको तर्फबाट सुरुवाती फायरिङ भएको थियो । भारतीय सञ्चारमाध्यमले चिनियाँ सैनिकले पनि फायरिङ गरेको जनाएका छन् ।

चीनको नियन्त्रणमा रहेका काला टप र हेल्मेट टपसमेत रहेका केही क्षेत्र भारतीय सैनिकले नियन्त्रणमा लिएपछि पछिल्लो विवाद उत्कर्षमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।