स्पिनर सन्दिपको टीम तलावाजले सिपिएलको सेमिफाइनल खेल्दै

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले फाइनल प्रवेशका लागि मगलबार ट्रिन्बागो नाइटाडर्ससँग प्रतिस्पर्धा गर्दैछ । ब्रायन लारा क्रिकेट स्टेडियममा हुने तालावाज र नाइटाडर्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार बलुका पौने आठ बजेबाट सुरु हुनेछ ।
दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन् । दोस्रो सेमिफाइनल आजै राति सवा ३ बजेबाट सुरु हुने छ ।
जमैका लिग चरणमा दश खेलमध्ये जम्मा ३ खेलमा जीत र एक खेलमा अंक बाड्दै अकंतालिकाको चौथौ स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । शतप्रतिशत जीतसहित टेबल टप गरि सेमिफाइनल पुगेको ट्रिन्बागोसंगको प्रतिस्पर्धा जमैकाका लागि फलामको च्युरा चपाउनु जस्तै कठिन हुनेछ । आन्द्रे रसेल, ग्लेन फ्लिप्स, आसिफ अलि जस्ता स्टार ब्याट्सम्या भएतापनि प्रतियोगिताको सुरुवातबाटनै जमैकाको ब्याटिङ चल्न सकेको छैन् ।

प्रतिकृया दिनुहोस्