प्रदेश १ मा ८० संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार कोरोना भाइरस संक्रमित ८० जना थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुंगामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहबीमा ४ महिला ८ पुरुष, कोसी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरका ११ महिला ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिला, झापाको दमकमा २ महिला ४ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, बाह्रदशी, मेचीनगर र कनकाईमा १–१ पुरुष, ओखलढुंगाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको छ ।
प्रदेश १ मा १६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्