May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

स्वास्थ्य संस्थामा औषधी अभाब

स्वास्थ्य संस्थामा औषधी अभाब
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा । केहि समययता जिल्लाको एक स्वास्थ्य सस्थामा औषधीको अभाब देखिएको छ । रोल्पा नगरपालिका १ हरिगाटिनामा रहेको शहरी स्वास्थ्य केन्द्रमा यतिबेला अत्यावश्यक औषधी समेत छैन । संस्थामा पहिला आएको औषधीको म्याद सकिएकाछ  । नयाँ औषधी आएको छैन् ।

                नगरपालिकाले औषधी पठाएको छैन् । हामीसँग कार्यालय सहयोगी नभएकाले औषधी ल्याउन समस्या भएको हो ।  त्यहाँ कार्यरत अनमी मिना घर्तीले नगरपालिकाले ढुवानी खर्च छैन भनेको छ । बोकेर ल्याउने मान्छे छैनन् । औषधी ढुवानी गर्ने पैसा नहुँदा समस्या भएको  बताइन  ।

यतिबेला कवज मलम, सुत्केरी गराउदा ब्यथा लगाउने अक्सीटोक्सीन ईन्जेक्सन, बच्चालाई सिटामोल, एन्टबियोटिकहरु सकिएको छ  । बर्षातको समयमा अत्यावश्यक हुने पखालाको औषधी मेट्रोनिडाजोल समेत छैन ।

शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले नगरमा औषधी माग गरेको बताए पनि रोल्पा नगरपालिकाका स्वास्थ्य संयोजक टंक गिरीले आफुलाई यो बिषयमा जानकारी  जानकारी नआएको बताए । उनले भने ‘औषधी लिन उहाँहरु आफै आउनु पर्छ । हामीसँग औषधी ढुवानी र भ्याक्सिन ढुवानीको एकमुष्ट पैसा हुन्छ  । नयाँ बजेट आएको छैन । पुरानो बजेट आर्थिक बर्षको अन्त्य हुने असार मसान्तमै सकिएको गिरीले बताए ।