सीमा बन्द भएपनि तस्करलाई खुल्ला

सीमा बन्द भएपनि तस्करलाई खुल्ला
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारा ।  जिल्लामा रहेको छोटी भन्सार कवही गोठ, सिम्रौनगढ  र मटिअर्वा गरी तीनवटै भन्सारबाट मानिसहरुको आवतजावतमा कडाई गरिएको भएपनि तस्करहरुको चहलपहल तिब्र रहेको छ । 

                नाकाहरुबाट सार्वसाधारण मानिसहरुलाई आवातजावतमा रोक लगाए पनि भारतबाट तस्करहरुले सुरक्षाकर्मीहरुलाई आर्थिक प्रलोभनमा पारी मालसमानहरु तस्करी गरेर भित्रियाइदै गरेको सीमावर्ती गाउँका बासिन्दाको भनाइ रहेको छ ।

त्यसो त भदौ २२ सीमा प्रहरी बल १२ नम्बर गण बाराले सुवर्ण गाँपालिका  ५ बाट ४३ वटा खसी र बाख्राहरुलाई नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपाल भित्रियाइएको  तीन  लाख भन्दा बढी मुल्य पर्ने खसी र बाख्रालाई नियन्त्रणमा लिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले बताए ।

त्यस्तै भदौ २२ गते नै नेपाल प्रहरीको मटिअर्वा प्रहरी चौकीले  फेटा गाउँपालिका ५ जोतपुर गमरियाबाट ५ ओटा चौपाया नियन्त्रणमा लिएको छ । नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा चौपाया नियन्त्रणमा लिएको हो । भदौ १३ गते भारतबाट नेपाल भित्रियाइएको प्रतिबन्धित औषधीसहित देवताल गाउँपालिका २ दक्षिण झिटकैयाबाट दुईजनालाई  नियन्त्रणमा लिएको दावी बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङेनीले बताए । प्रतिबन्धीत औषधी  ५९ थान युनसिरेक्ससहित देवताल  २ का कुष्ण कुमार साह र अर्जुन यादवलाई नियन्त्रणमा लिएको हो ।

अहिले छोटी भन्सारहरु बन्द रहे पनि जिल्लामा खपत हुने खाद्यान्न सामाग्री, ईलेक्ट्रोलिक्स, मेसिनरी  समान, लताकपडा लगाएत भारतबाट नै तस्कर समुहले  सीमामा खटेका सुरक्षाकर्मीलाई मिलाएर भित्रयउने गरेका छन् ।