कास्कीमा पहिरोले पुरिएर युवतीको मृत्यु

कास्कीमा पहिरोले पुरिएर युवतीको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । कास्कीमा पहिरोले पुरिएर एक जना युवतीको ज्यान गएको छ । कास्कीको रुपा गाउँपालिका–६ बराहथोकमा पहिरोले घर पुरिदा २० वर्षिया श्रृजना बिकको मृत्यू भएको हो ।

अविरल वर्षापछि मंगलबार विहान ३ः४५ बजे घरमाथिबाट आएको पहिरोले काजीबहादुर बिकको घर पुरिदा घरमा सुतिरहेकी उनकी छोरी श्रृजनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । पहिरोले पुरिएकी उनलाई तत्कालै उद्धार गरेर उपचारका लागि पोखरा लैजादैगर्दा मृत्यू भएको हो ।

घरमाथिबाट आएको पहिरोले घर भत्काउन थालेपछि काजी र उनका भाई सन्दीप बिकले भने भागेर ज्यान जोगाएका थिए । उनीहरु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले बताए ।