January 21, 2022, Friday
२०७८ माघ ७, शुक्रबार

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको ९ लाख नाघ्यो

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको ९ लाख नाघ्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । कोरोना भाइरसको संक्रमणबाट संसारभर ९ लाख ८ सय ५८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या पनि बढेर २ करोड ७७ लाख २१ हजार ४ सय ४० पुगेको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार ६ सय १४ जना निको भएर घर फर्किएका छन् ।

संक्रमितमध्ये ६० हजार ३ सय ११ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ९४ हजार १४ र ब्राजिलमा १ लाख २७ हजार ५ सय १७ जनाको ज्यान गएको छ । भारतमा ७३ हजार ९ सय २३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा भारतमा १ हजार १ सय ७ जनाको ज्यान गएको छ भने ८९ हजार ८ सय ५२ जना संक्रमित फेला परेका छन् ।