रोनाल्डोको कीर्तिमानमा गोलको शतक

एजेन्सी । नेसन्स लिग फुटबलमा पोर्चुगलले स्वीडेनलाई २–० गोल अन्तरले हराउँदा क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट गोलको शतक पुरा गरेका छन् । स्वीडेनका गुस्ताभ भेन्सनले रातो कार्ड खाएको खेलमा पोर्चुगललाई जिताउन दुवै गोल गरेका रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान बनाएका छन् । उनले गोल संख्या १०१ पुगेका छ । उनी राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् । राष्ट्रिय फुटबल टिमबाट इरानका अलीदाइले मात्र रोनाल्डो भन्दा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । अलीदाइको नाममा १०९ अन्तराष्ट्रिय गोल रहेको छ ।
मंगलबार राति भएको खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ गोल अन्तरले हरायो । मिचि बात्शुआयीले २ तथा एक्सेल विट्सेल, ड्राइस मेर्टेन्स र जेरेमी डोकुले १–१ गोल गरे । यही समूहको खेलमा इंगल्याण्ड भने बराबरीमा रोकियो । इंगल्याण्डलाई डेनमार्कले गोलरहित बराबरीमा रोकेको हो । यो खेलपछि समूहमा ६ अंकबाट बेल्जियम शीर्ष स्थानमा हुँदा ४ अंकको इंगल्याण्ड दोस्रो स्थानमा छ । डेनमार्कको १ तथा आइसल्याण्ड अंकविहिन छ । अर्को समूहको खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले हरायो । केलिएन एम्बाप्पे बिनाको फ्रान्सलाई जिताउन एन्टोइन ग्रेजम्यान, डायोट उपमेकानो र ओलिभर जिरुले १–१ गोल गरे । एक गोल डोमिनिक लिभाकोभिकले आत्मघाती गर्दा फ्रान्सलाई सजिलो भयो ।
नेसन्स कपकै अन्य खेलमा अजरबैजानले साइप्रसलाई १–० मोन्टेनेग्रोले
लग्जेम्बर्गलाई १–० अर्मेनियाले इस्टोनियालाई २–० गोलले हरायो । जर्जिया र नर्थ मेसेडोनियबिचको खेल १–१ गोलको बराबरीमा सकियो ।

प्रतिकृया दिनुहोस्