बालुवाटारमा ओली–प्रचण्ड भेटबार्ता सुरु

काठमाडौं । बिहेबार बस्ने सचिवालय र शुक्रबार बस्ने स्थायी कमिटो बैठकका एजेण्डाको बिषयमा सहमति जुटाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको भेटवार्तामा नेकपभित्र देखिएको बिबादलाई दिर्घकालिन समाधान कसरी गर्ने भन्ने बिषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल हुने स्रोतले बताएको छ ।
मन्त्री परिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेका छन् । दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा ब्यापक छलफल भएपनि निचोड भने निस्किएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै कोही मन्त्री नहट्ने भन्दै ढुक्कले काम गर्न भनेका थिए । अहिले खाली भएको मन्त्रालयमा मात्र नयाँ व्यक्तिलाई जिम्मेवारी दिने सोचमा प्रधानमन्त्री ओली देखिएका छन् ।

प्रतिकृया दिनुहोस्