ट्याक्टर दुर्घटनामा चार जना घाइते

ट्याक्टर दुर्घटनामा चार जना घाइते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डोल्पा ।  त्रिपुरासुन्दरी नगरपालिका–१ कोटबगरबाट छलतर्फ जाँदै गरेको लु १ त ५७८१ के ट्रयाक्टर त्रिपुरासुन्दरी १ मा पर्ने निलापहिरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा त्रिपुराकोट– १ कठायत टोलका ट्रयाक्टर चालक १८ वर्षीय हरिबहादुर कठायत, निर्माण ब्यावसायी ३८ वर्षीय लोकमान श्रेष्ठ,  १९ वर्षीय कृष्ण सार्की र १३ वर्षीय शक्ती कठायत रहेका छन । निर्माण ब्यवसायी लोकमान श्रेष्ठको टाउँको आँखा र पेटमा गम्भिर चोट लागेको छ । घाइते सबैको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । बालुवा लिएर छलतर्फ जानेक्रममा निलापहिरा भन्ने ठाउँमा तीव्रगतिका कारण नियन्त्रण हुननसक्दा ट्रयाक्टर दुर्घटना हुन पुगेको त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज तेजबहादुर रानाले बताए ।