प्रदेश १ मा बुधबार एक सय ५५ संक्रमित थपिए

मोरङ । विराटनगरमा ७० जनासहित प्रदेश १ मा बुधबार १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ३० महिला र ४० पुरुष, लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैँचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष, भोजपुरको षडानन्दमा १ महिला ४ पुरुष, धनकुटाको चौबिसेमा १ महिला २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १२ पुगेको छ ।
प्रदेश १ मा ३६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभूत विद्यालय धनपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट ५ र होम आइसोलेसनबाट ४ जना डिस्चार्ज भएका हुन् ।

प्रतिकृया दिनुहोस्