ओली र दाहाल भेटवार्तापछि बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २६ गते बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गर्न प्रस्ताव तयार गरेका छन् ।
प्रस्तावमा अध्यक्षद्वयको कार्यविभाजन तय गरिएको छ । कार्यविभाजन कार्यदलको प्रतिवेदनका आधारमा हुने प्रस्तावमा उल्लेख गरिएको छ । पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अगाडि बढाउन समन्वय गर्ने जिम्मेवारी दुवै अध्यक्षको हुने उल्लेख छ ।
पार्टीको केन्द्रीय कमिटीको बैठक कात्तिक १५ देखि १७ सम्म महाधिवेशन कार्ययोजना पारित गर्न बैठक बोलाउने तयारी छ । चैतमा महाधिवेशन गर्नेगरी प्रस्ताव तयार गरिएको छ । पार्टीको आन्तरिक बिबादलाई समाधान गरी बिश्वासको वातावरण बनाएर समाजबादमा पुग्ने, कामको निरन्तरता, निष्ठा, समावेसिताको मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने पनि प्रस्तावमा उल्लेख छ । त्यसका लागि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने प्रस्तावमा छ ।

प्रतिकृया दिनुहोस्