बलात्कार आरोपमा २ जना पक्राउ

बलात्कार आरोपमा २ जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । मोरङको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले बलात्कार आरोपमा एक भारतीय पूर्व सैनिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सन्दरहरैचाबाट पूर्व सैनिक उमेश नेपालले बलात्कार गरेको र केराबारीका शुक्रबहादुर नेम्बाङलाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरेको जनाएको छ ।

पूर्व भारतीय सैनिक सुन्दरहरैचा नगरपालिका–४ का ५४ वर्षीय उमेश नेपालले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भाडा (बहाल)मा नेपालकै घरमा अभिभावकसँग बस्दै आएकी बालिकालाई दुई वर्षदेखि बारम्बार बलात्कार गर्नेगरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

मंगलबार साँझ बालिकाले आफ्नो अभिभावकलाई आफूलाई दुई वर्षदेखि घरबेटीले बलात्कार गरिरहेको सुनाएपछि बुधबार जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए ।

त्यस्तै केराबारीकी १५ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको अभियोगमा मंगलबारराति केराबारी गाउँपालिका–७ का ४२ वर्षीय शुक्रबहादुर नेम्बाङलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले नेम्बाङलाई घरैबाट पक्राउ गरेको जनाएको छ । मंगलबार बिहान ११ बजेतिर एक जना बालिकालाई बलात्कारको प्रयास गरेको ढकालले बताए । बालिकालाई बलात्कारको प्रयास हुँदै गर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।