घरमा सुरक्षित भएर जितिया पर्व मनाउन आग्रह

घरमा सुरक्षित भएर जितिया पर्व मनाउन आग्रह
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वलाई कोरोना महामारीको कारण घरैमा बसेर मनाउन आग्रह गरेका छन् ।  यो पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देशको पर्व भएकाले असहज भएपनि सुरक्षित भएर मनाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेकोसमेत बताए ।

आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । आज अष्टमी जितियाको मुख्य दिन हो ।