जर्मनी बेल्जियम र पाकिस्तानको राजदुत संसदीय सुनुवाई समितिबाट अनुमोदन

जर्मनी बेल्जियम र पाकिस्तानको राजदुत संसदीय सुनुवाई समितिबाट अनुमोदन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले हालै सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो । अब उनीहरुले राष्ट्रपतिबाट नियुक्ति पाउनेछन् ।

सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन नगरेकामा भने विशेष ध्यानाकर्षण गराएको बताए ।  ‘यसअघि पनि राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा नियुक्ति गर्न निर्देशन दिएका थियौ, त्यस  अनुसार  भएको छैन, यस विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउने निर्णय गरेको छ’ उनले भने ।