चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दुई जनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । सुर्खेतको बराहाताल गाउँपालिका–१, सुगुरखालमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सुरजबहादुर ओलीको घरमा बुधबार राति चट्याङ पर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

सुरजका ४ वर्षीया छोरी रोशनी र सुरजका भाइका छोरा ११ वर्षीय विनोदको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार सुरजकी १० वर्षीया छोरी गंगा, १२ वर्षीया छोरी अमृता र ७ वर्षीय छोरा जय घाइते भएका छन् । उनीहरूलाई शरीरको भित्री भाग, खुट्टामा चोट लागेको छ । सुतिरहेका अवस्थामा बुधबार राति चट्याङ परेको थियो ।