घुस लिदै गर्दा रंगेहात पक्राउ

घुस लिदै गर्दा रंगेहात पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका छन् । नेपाल खानपानी संस्थान पोखरा कार्यालय विन्ध्यबासिनीमा प्रशासन सहायक पदमा कार्यरत कृष्णहरी वाग्ले घुस लिएको आरोपमा विहिबार पक्राउ परेका हुन् ।

घरमा जडान गरिएको खानेपानीको बिग्रिएको मिटर परिवर्तन गर्न २५ हजार घुस लिदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दूरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । सेवाग्राहीबाट नगद लिदै गरेको अवस्थामा पोखरा–१ बगरस्थित एक मोमो रेष्टुरेण्टबाट उनलाई पक्राउ गरिएको हो ।