चार जनाको यौन हिंसामा परेकी १३ वर्षिय बालिकाले छोरी जन्माइन

चार जनाको यौन हिंसामा परेकी १३ वर्षिय बालिकाले छोरी जन्माइन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । चारजनाले पटकपटक यौन  शोषण गरेर गर्भवती भएकी १३ वर्षिय बालिकाले छोरी जन्माइकी छिन् । महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी ती बालिकाले भदौ २२ गते साँझ कोशी अञ्चल अस्पताल विराटनगरमा छोरी जन्माइकी हुन् ।

                हिंसा पिडित बालिका महिला पुनःस्थापना सेवा केन्द्रमा राखिएको ४ महिनापछि अवैध गर्वबाट शिशु जन्माएकी हुन् । उनी महिला पुनःस्थापना सेवा केन्द्र धनकुटामा रहने क्रममा सुत्केरी वेथा लागेकोले आईतवार साँझ जिल्ला अस्पताल धनकुटामा सुत्केरी गराउन लगेका थिए । तर बालिकाको पेटमा रहेको बच्चा उल्टो बसेकाले जिल्ला अस्पताल धनकुटामा सुत्केरी गराउन नमिल्ने भएपछि सोमवार कोशी अञ्चल अस्पताल विराटनगर लगिएको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले बताईन । हिंसा पिडित बालिकालाई ओसिएमसी एकद्धार संकट व्यवास्थापन कार्यक्रमको सहयोगमा निःशुल्क शल्यक्रिया गरेर शिशु जन्मिएको उपाध्यक्ष राईले वताईन ।

          ती बालिकालाई यौन शोषणमा संलग्न ४ जना आरोपी पुर्पक्षको लागि जेलमा छन् ।  यौन शोषण गरेको भन्ने पीडित परिवारको उजुरीको आधारमा उनीहरु पक्राउ परेका थिए । बालिकालाई यौन शोषण गर्ने धनकुटा नगरपालिका–६ निवासी शिक्षक मदन अधिकारी, धनकुटा नगरपालिका–६ का गौरी अत्री, भीमनारायण चोकका होटल व्यवसायी देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर जेलमा रहेका छन् ।  छुट्टाछुट्टै मिसिल उठाएर मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुर्व कुमार श्रेष्ठले बताए । चारै जनाले सामुहिक रुपमा बलत्कार गरेको नभै छट्टा छुट्टै यौन शोषण गरेकाले मुद्धा पनि अलक अलग दर्ता गरिएको श्रेष्ठले वताए ।

                त्यसैगरी आफ्नै बुबावाट यौन हिंसामा परि गर्व रहेको चौविसे गाउँपालिकाकी अर्की बालिका पनि सुत्केरी हुने अवस्था रहेको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले जनाएको छ । हाल १ जना सुत्केरी भैसकेको, एकजना असोज अन्तिममा सुत्केरी हुन लागेकी छिन् ।