January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

वडाध्यक्ष राईले थाले पिसिआर परीक्षण अभियान

वडाध्यक्ष राईले थाले पिसिआर परीक्षण अभियान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १६ वडा कार्यालयले आफ्नै पहलमा वडाबासीको पिसिआर परीक्षण गराउन थालेको छ । कोरोना भाईरसको महामारीबाट वडाबासीलाई सुरक्षित राख्न आप्mनै पहलमा स्वाब संकलन गराउन सुरु गरिएको हो ।

                त्रियुगा नगरपालिकामा जताततै कोरोना संक्रमित पाइएपछि वडाबासी सर्वसाधारणलाई सुरक्षित गर्न आप्mनै वडाबाट स्वाब संकलन थालेको वडाध्यक्ष मानबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार बुधबार दिउँसो जाल्पा चिलाउनेको सुकौरास्थित वडा शहरी स्वास्थ्य केन्द्र परिसरमा राखेको पहिलो शिविरमा ५१ जनाको स्वाव संकलन भएको छ ।

                भारतलगायत बिभिन्न देशबाट गाउँ फर्केकाहरुसँग घुलमिल गरेका संभावित संक्रमित ६७ जनालाई स्वाव दिन शिविरमा बोलाइएकामध्ये ९ महिलासहित ५१ जना उपस्थिति भएर स्वाव दिएका छन् । बाँकीलाई अर्को चरणमा स्वाव संकलन गरिने अध्यक्ष राईले बताए ।