न्यूरो अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार

विराटनगर । विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार सुरू गरेको छ । प्रदेश १ मै निजी क्षेत्रको पहिलो कोभिड अस्पताल सञ्चालनमा ल्याइ संक्रमितको निःशुल्क उपचार थालिएको न्यूरो अस्पतालले जनाएको छ ।
निजी क्षेत्रबाट अस्पताल सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले स्किृति दिएपछि संक्रमितको उपचार सुरू गरिएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।
न्युरो अस्पतालले विराटनगरको महेन्द्र चौकस्थित आफ्नो विस्तारित शाखा ‘मातृशिशु अस्पताल’ लाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याएको छ । प्रदेश नं. १ को राजधानी विराटनगर कोरोनाको हटस्पट बन्दै गएपछि कोरोना बिरुद्धको लडाइमा सरकार संग सम्न्वय तथा सहकार्य गर्दै सरकारलाई सहयोग गर्ने उद्देश्यका साथ न्युरोले ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ । जनरल ४३, आईसियु ७ र भेन्टिलेटर २ गरि ५० शैयाको क्षमतासहित सञ्चालनमा आएको कोभिड हस्पिटलमा हाल ११ जना संक्रमितहरु उपचाररत छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुलाई २४ घण्टे चिकित्सकीय परामर्श, पौष्टिक तथा सन्तुलित भोजन र चिकित्सकको सल्लाह बमोजिमको आवश्यक औषधी लगायतको सेवा प्रदान गरिँदै आईएको अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले बताए ।
यता , अस्पतलकै कोभिड क्राइसिस म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका संयोजक रंजितराज बस्नेतले कोरोना परिक्षण प्रयोगशालाको संचालनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रतिकृया दिनुहोस्